राजनीति

गृहमन्त्री खाँणको वडामा एमालेको ‘क्लीन स्वीप’

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणको वडामा एमालेले ‘क्लीन स्वीप’ गरेको छ ।

खाँणको पालिकामा उनकै भाई रामकृष्ण खाँण मेयरका उम्मेदवार हुन् । तर खाँणकै वडामा कांग्रेस उम्मेदवारलाई पराजित गर्दै एमालेका उम्मेदवार निर्वाचित भएका हुन् ।

तिलोत्तमा नगरपालिका वडा नम्बर ८ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र र जनमोर्चा समेतको गठबन्धनलाई हराउँदै नेकपा एमालेका उम्मेदवार कृष्ण पौडेल १८९ मतान्तरका साथ विजयी भएका छन् ।

पौडेल २०७४ सालको स्थानीय तह निर्वाचनमा समेत नेपाली कांग्रेसका नगर सभापति हरिलाल पाण्डेलाई ५०७ मतको अन्तरले पराजित गरी वडाध्यक्ष निर्वाचित भएका थिए ।

तीन हजार ४६८ मत खसेको वडामा पौडेलले एक हजार ६१५ मत पाएर विजयी हुँदा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका केशवराज अर्यालले एक हजार ४२६ मत पाए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *