
काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना सम्पन्न भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणनाको काम सम्पन्न भएपछि अन्तिम मतपरिणाम भने भोलि मात्रै सार्वजनिक हुनेछ । कार्यालयले भोलि नै सबै निर्वाचितहरुलाई प्रमाणपत्र दिनेछ । मतपरिणाम सार्वजनिक भएपछि मेयरलाई सपथ ग्रहण गराइनेछ । मेयरले उपमेयरसहित वडाध्यक्षहरुलाई सपथ ग्रहण गराउने कानूनी व्यवस्था छ ।
परिणाम सार्वजनिक नभएपनि मेयरमा वालेन साह र उपमेयरमा सुनिता डंगोल मतगणना नसकिदै विजयी भइसकेका छन् ।