
काठमाडौं । प्रहरीले ललितपुरबाट अमेरिकन अटोमेटिक पेस्तोल र गोलीसहित दुईजना पक्राउ गरेको छ ।
ललितपुरको बालकुमारीबाट सर्लाही लालबन्दी नगरपालिका १५ घर भएका २० वर्षीय सुरेन्द्र थिङ र ३९ वर्षीय वीरबहादुर बम्जनलाई पेस्तोल १ थान, म्यागाजिन २ थान र गोली ४ राउण्डसहित प्रहरीले पक्राउ गरेको हो ।