
काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका कांग्रेसले जितेको छ ।
गठबन्धनका तर्फबाट मेयरको उम्मेदवारी दिएका कांग्रेस नेता रामकृष्ण खाँण विजयी भएका हुन् । उनले एमालेका तर्फबाट मेयरको उम्मेदवार बनेका मोहन चापागाईलाई पराजित गरेका हुन् ।
२०७४ सालको स्थानीय तहको चुनावमा एमालेले जितेको तिलोत्तमामा यसपालि भने कांग्रेसले जितेको हो ।