
काठमाडौं शसष्त्र प्रहरी बलका पूर्व डिआइजी रञ्जन कोइरालालाई प्रहरीले फेरि पक्राउ गर्ने तयारी गरेको छ ।
आफ्नै श्रीमती हत्याका दोषी कोइरालाको कैद सजायमा छुट दिने यसअघिको आफ्नै फैसला सर्वोच्चले उल्टाएपछि प्रहरीले पक्राउ गर्ने तयारी गरेको हो ।
काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँले कोइरालाको खोजी सुरु गरिसकेको छ ।