
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह निर्वाचित भएका छन् । साहले ६१७६७ मत पाएका छन् । उनको निकटतम प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंहले ३८३४१ मत पाइन् ।
परिणामअनुसार एमाले उम्मेदवार केशव स्थातिपले ३८११७ मत पाएका छन् । विवेकशिल पार्टीका समिक्षा बास्कोटाले ६४७ मत पाइन् ।
बैशाख ३० गते सम्पन्न भएको चुनावको अन्तिम परिणाम बिहिबार सार्वजनिक भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहिबार राती अन्तिम मतपरिणाम सार्वजनिक गरेको हो ।
त्यस्तै काठमडौं महानगरको उपमेयरमा सुनिता डंगोल विजयी भएकी छन् । डंगोलले ६८६१२ मत पाइन् । उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३८०६ मत पाए ।
भोलि बिहान साढे ८ बजे औपचारिक कार्यक्रम हुने मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए ।