समाचार

सुदुरपश्चिम सरकारको नीति तथा कार्यक्रम प्रस्तुत, कृषिलाई प्राथमिकता

काठमाडौं । सुदुरपश्चिम प्रदेश सरकारले प्रदेशसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गरेको छ ।

प्रदेश प्रमुख देवराज जोशीले आइतबारको प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

नीति तथा कार्यक्रममा कृषिलाई बढि महत्व दिइएको छ । प्रदेश सरकार कृषकको अभिभावक बन्ने विषय नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

‘किसान हुनुमा मलाई गर्व छ’ देखि ‘गोठदेखि ओठसम्म गुणस्तरीय दूध’ नारासहित कृषिलाई बढि प्राथमिकता दिइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *