विचार

उपेन्द्रको एकता प्रस्ताव : महन्थलाई गलपासो

महन्थ ठाकुरलाई उपेन्द्रको एकता प्रस्तावः “संसारी से प्रीतडी, सरै न एको काम। दुविधा में दोनो गए, माया मिली न राम॥” मधेसका नेताहरू पढे लेखेका छन्। अगाडी पुस्ताका ले सुख सागर, रामायण तथा महा भारत पढेको हुनुपर्छ। आजका प्रभावशाली नेताहरू मध्ये धेरैले चार्वाक, गुरू पतंजली, पाणिनी आदि पढेका छन्। तर, कृषि, इंजिनीयरिंग आदि गहन प्राविधिक बिषय पढनेहरू पनि केही छन्।

पछिल्लो पुस्ताका प्रजातन्त्रवादी बिचारका केहीले भने “व्यवहारिक राजनीतिका प्रारम्भिक रूपरेखा” पढेका र बुझेका छन्। यस ज्ञानगंगाका बाहेक केही मधेसी नेता भने राजनीतिमा कहिल्यै पनि सत्तारथको पांग्रा फुस्कन न दिनका लागि चाहिने कुरा पढेका छन्। यसमा यहाँ उल्लेखनीय एक मात्र नाम “उपेन्द्र यादव” हो। उपेन्द्रले युवावस्था मै “सेलेक्टिभ वर्कस अप लेनिन” मा रहेको संयुक्त मोर्चाका बारेमा लेनिनको लेखलाई टुप्पीलाई दलानमा बाँधेर पढेका हुन्। अद्योपान्त आत्मसात गरेका छन्। हुनत् उनको राजनीतिक सोचले पनि लेनिन पढनलाई उत्प्रेरित गरेको हुनुपर्छ। सन् १९१७ को रूसी क्रांतिकालमा रूसी संसद “डुमा”मा मेनसेविकहरूको बहुमत हुदाँहुदैं लेनिनले यही उपक्रमको माध्यमबाट बोल्सेभिकहरूको सत्ता कायम गर्न सकेको कुरा उपेन्द्रले बुझेको छ। लोसपाका नेता महन्थ ठाकुर गांधीलाई पढनु भएको होला, राजेन्द्र महतोले गजेन्द्र नारायण सिंहलाई। तर, “आफ्नो कमजोर पार्टीलाई शक्तिशाली बनाउनु छ भने समान बिचारका पार्टीहरूको मोर्चा बनाई, तेसको नेतृत्व लिएर आफ्नो पार्टीको शक्तिमा गुणात्मक बिकास गर्नु पर्दछ”- लेनिनले सन् १९१८ मै व्यक्त गरेको यो बिचार उपेन्द्रका झैं महन्थ ठाकुर र राजेन्द्रको रणनीतिक सोच बनेन।

लेनिनले ‘पूँजीवादी पार्टीहरू’ लगायत अन्य पार्टीहरूसँगको सम्झौता गर्नु कम्युनिस्टहरूको रणनीतिको अनिवार्य अंग भएको कुरा ‘टू ट्याक्टिस’ मा औंल्याएका छन्। उनले आफ्ना दार्शनिक-बिचारक मित्र ज्याँर्जी दिमित्रीव मार्फत कम्युनिष्टहरूले आफु शक्तिशाली हुनका लागि अनिवार्य रूपमा ‘संयुक्त मोर्चा’ बनाउनु पर्ने कुरा सन् ३५ मा सम्पन्न कम्युनिष्ट इन्टरनेशनलको सातौं काँग्रेसमा प्रस्तुत भै पारित गराएको दस्तावेज अन्य मधेसी नेताहरूको सरोकारको बिषय रहदैन। लेनिनले रूसी क्रान्तिको क्रममा बोल्सेभिक पार्टीले अन्य धेरै पक्षहरूसंग सम्झौताहरूसंग सम्झौताहरू गरेको तथा तिनै सम्झौताहरूको कारणले आफ्नो पार्टीलाई एकल रूपमा बलियो बनाएको। यसै आधारमा कमजोरहरूको आन्दोलनलाई फुटाउन सकेको लेनिनको स्वीकारोक्ति लोसपाका प्रभावशाली नेता जितेन्द्र सोनलहरूले ध्यान दिएको बिषय रहेन। यस ज्ञानमा उपेन्द्र यादवको एकाधिकार रहेको ।यही ज्ञानको आलोकमा उपेन्दले अहिले फेरी एक पटक ‘लोसपा’ समक्ष पार्टी एकिकरण वा संयुक्त मोर्चाको अंगूर पस्केको छ।

संसदमा राम्रो स्थान बनाउन नसके आजीवन सत्ताबाट टाढा रहनु पर्नेछ भन्ने त्रासले भौतारिएका महन्थ ठाकुर तथा राजेन्द्र महतो जीका ‘लोसपा’ पार्टी भित्र उपेन्द्रको प्रस्ताव संजीवनी हुन सक्छ कि भनेर चर्चा शुरू भएको छ। हुनत् लोसपाको हृदयमा प्राणवायू भए अवश्य पनि सोच्ने छन् होला कि आजसम्म यिनीहरूले उपेन्द्रसंग बारम्वार सम्झौता गरे। तर कति बलियो हुन सके त ?लोसपा वा महन्थ जी र महतो जीको लागि उपेन्द्रको प्रस्तावः “संसारी से प्रीतडी, सरै न एको काम। दुविधा में दोनो गए, माया मिली न राम॥” कि कसो लोसपाका नेता जीहरू ?

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *