सम्पादकीय

अर्थतन्त्र सुधार्ने सञ्जिवनी

रुस र युक्रेन युद्धको मारमा विश्व बजार परेको छ । विश्व वजारमा पेट्रोलिय पदार्थको चरम अभाव हुनुका साथै अप्रत्याशित रुपमा मूल्य बृद्धि भएको छ । जसको प्रत्यक्ष मारबाट नेपाल पनि मुक्त छैन ।


पेट्रोलिय पदर्थको मूल्य निर्धारण स्वचालित प्रणालीमा आधारित भएपछि त्यसको प्रत्यक्ष असर नेपालमा देखिने नै भयो । नेपालमा इन्धनको मूल्य समायोजन हुदा मूल्य वृद्धि हुने बाध्यात्मक अवस्था सिर्जना भएको छ । पेट्रोलियम पदार्थमा मूल्य वृद्धि हुने वित्तिकै अस्वभाविक रुपमा चौतर्फी क्षेत्रको मूल्य बृद्धि भएको छ । सर्वसाधारण जनताको चुलो चौकादेखि सवारी साधान, व्यवसायिक घराना र उद्योग कलकारखानासम्म यसको असर देखापरेको छ । जनजीविकासँग जोडिएको पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा कर घटाएर भएपनि सरकारले नागरिकलाई सहुलियत दिन कन्जुस्याई गर्नु हुदैन ।


नेपाल पेट्रोलिय पदार्थ र एलपीजी ग्यासमा पूर्णरुपमा परनिर्भर छ । विडम्वना नै भन्नु पर्छ नेपालमा पेट्रोलियम पदर्थ र खान पकाउने ग्यासको अहिलेसम्म उत्खनन हुन सकेको छैन । उत्खननका लागि प्रभावकारी रुपमा सम्भाव्यता अध्ययन सम्म हुन सकेको छैन । पछिल्ला दिनमा विद्युतिय उर्जामा भने नेपाल आत्मनिर्भर बन्दै गएको छ । थोरबहुत भएपनि भारतलाई विद्युत निर्यात गर्ने अवस्थामा पुगेको छ ।


नेपालमा विद्युतिय उपकरण र सवारी साधनको प्रयोग बढाएर पेट्रोलियम पदार्थको खपत कम गर्ने रटान नेपाल सरकार र राजनीतिक दलले नथाक्ने गरी उच्चारण गरेको दशकौं भइसकेको छ । यो अवधिमा विद्युतिय उपकारको खपत दरले अपेक्षाकृत आकार ग्रहण गर्न सकेको छैन । विद्युतिय सवारी साधन तथा विद्युतिय उपकरण खरिदमा सहुलियत दिने सरकारको योजनाले मूतरुप पाउन नसक्दा मुलुकले पेट्रोलिय पदार्थमा मात्र वार्षिक १४-१५ प्रतिशत व्यापार घाट वेहोर्नु परेको आकडा सर्वजनिक हुदै आएका छ । पेट्रोलियम पदार्थको आयत प्रतिस्थापन गर्न नसकिए वर्षेनी झन ठूलो व्यापार घाट बेहोर्नु पर्ने कुरामा कुनै द्विविधा छैन ।


आर्थिक वर्ष २०७७-०७८ मा दुई अर्व ३८ करोड लिटर पेट्रोलिम पदर्थ नेपाल भित्रिएको थियो । जसबापत नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेशनलाई १ खर्व ५८ अर्ब भुक्तानी गरेको थियो । यसै गरी गत आर्थिक वर्षमा चार लाख ७८ हजार मेट्रिकटन एलपीजी ग्यास नेपाल भित्रिएको आकडा पाइन्छ । आर्थिक वर्ष २०७८-०७९ को जेठको पहिलो सातासम्म नेपालमा दुई खर्ब ५७ अर्बको पेट्रोलिय पदार्थ आयत भएको छ । गत आर्थिक वर्षभन्दा यस वर्षको १० महिनामा करिव १ खर्ब बढिको पेट्रोलियम पदार्थ आयत भएको छ । वर्षेनी पेट्रोलियम पदार्थको आयत र खपतमा बृद्धि हुदा व्यापार घाट समेत अस्वभाविक रुपमा बढ्दै गएको छ ।

अहिले नेपालमा पेट्रोलमा प्रति लिटर ३१ रुपैयाँ ४१ पैसा, डिजेलमा २८ रुपैयाँ ३३ पैसा र एपीजी ग्यासमा ७५१ रुपैयाँ ७४ पैसाप्रति शिलिण्डर घाटा छ । मट्टितेल र हवाई इन्धनमा ६५करोड नाफा देखिएको छ । पेट्रोलमा एक अर्व ८३ करोड, पेट्रोलमा ३ अर्व ७५ करोड, एलपीजी ग्यासमा २ अर्व ८६ करोड घाटा छ । आयल निगम अहिले ७ अर्ब ७७ करोड घाटामा छ । सरकारले जेठ १९ गते कर समायोजन गरेर पेट्रोलियम पदार्थमा १० प्रतिशत मूल्य घटाएको छ ।

सरकारले पेट्रोलिय पदार्थ खपत घटाउन सवारी साधन तथा खाना पकाउन विद्युतिय प्रयोगमा सहुलियत, विद्युत महशुलमा सहुलियत,एक घर एक विद्युतिय चुल्हो अभियान, बढी विद्युत खपत गर्ने उद्योगलाई सहुलियत,विद्युतिय तथा वैकल्पिक उर्जाको खपत बढाउने र वजार अनुगमनको कार्यलाई प्रथमिकता दिने घोषणा गरेको छ । जसले व्यापार घाटा न्युनिकरण हुनुका साथै वातावरणीय पक्षमा समेत सुखद् पक्ष देखा पर्छ । पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको आयत र खपत घटाउन सके नेपालको अर्थतन्त्र मजभूत हुने कुरामा कुनै दुईमत छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *