
सप्तरी। पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा शुक्रबार राति निधन भएको छ । भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा चौधरीको मृत्यु भएको छोरी रक्षाले जानकारी दिइन ।
मिथिला संविधानसभा सदस्यसमेत थिइन । नेकपा (संयुक्त)को सांसद रहेको बेला उनीले जनसङ्ख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका थिइन । उनका श्रीमान्, एक छोरा र दुई छोरी छन ।