रिबन

प्रचण्डले देखेको ६ वटा चुनौती : गुटले माओवादी खान आँटयो

काठमाडौं । यसरी संगै खाना खाएको वर्षौ दिन भयो नी हैन त ? पिटर जी । साँच्चै माओवादी अध्यक्ष प्रचण्डसगै बसेर खाना नखाएको पनि धेरै वर्ष भएछ । नोस्टोल्जिया पनि गजबै हुन्छ । परिचय फेरिए पनि, भूमिका बदलिए पनि सम्झनाले एकपटक फर्केर हेर्न, गम्न विवश बनाँउछ ।

यस अवधीमा भेरी, कर्णाली र नारायणीमा धेरै पानी बगे । उनीसँगको पहिलो भेट पूर्वी चितवन भण्डारा हर्दी मोहन चौधरीको घरमा भएको थियो । त्यसवेला सँगै रहेका रामबहादुर थापा बादल अहिले सँगै छैनन् । चितवनमा विश्वास र बादललाई त्यसबेला मार्क्स एंगेल्सको जस्तो मित्रजोडी भनिन्थ्यो । उनी विश्वास, निर्माण, प्रचण्ड हुँदै अहिले पुष्पकमल दाहाल प्रचण्ड बने । क्रान्तिका आत्मासंर्घषको (आन्दोलन , विद्रोह, जनयुद्ध, मनोयुद्ध र शान्ति युद्द, संसदिय युद्दको) उनी केन्द्रमा रहे । अझ नेपालको राजनीतिमा २५ वर्षदेखी उनकै वरीपरी घुमिरहेको छ । टाकुराबाट नियाल्दा देखिने कुरा सतहबाट देखिँदैनन । राष्ट्रिय अन्तराष्ट्रिय अभ्यास गरे, बुझे, सम्बोधन गरे ।

समयसँगै धेरै कुरा फेरिए, मेरो पनि भूमिका फेरियो । सहमतिमा हिम्मत र विमतिमा विवेक पुर्याउनु पार्टीको कार्यकर्ता बनेर सकिँदैनथ्यो । कम्युनिष्ट पार्टीका आफ्नै सीमा समस्या हुन्छन । एउटा कृटिक लेखकका सामने चुनौति हुन्थ्यो नै ।
उनका आज उनले भनेका मुख्य विषय
– समस्या केन्द्रमा छ ।
– मूलमै धमिलो भएपछि नदी सङ्ग्लो हुँदैन ।
– एउटा गुट सकिने बित्तिकै अर्को गुट जन्म हुन्छ ।
– देशभित्रको समस्या जस्तै बर्दियामा पनि भएको हो । समानसमस्या अन्य पार्टीमा पनि छ । १ सय ७० सिट जित्ने योजना पार्टी केन्द्रको रहेको भएपनि गुटको कारण अन्तरघातको कारण खुम्चनु परेको हो ।
– चुनावको तरिकानै नफेरेसम्म यो अवस्था रहिरहनेछ जस्ता भनाइ राखे ।
– आजपनि माओवादी कार्यकर्तामा नेतृत्वको सामु धक फुकाएर आलोचना गर्नसक्ने आत्माबल छ भन्ने कुरा रिपोर्टिङले देखायो ।

बर्दियाको राजनीतिक इतिहास, संघर्षका गाथा, बिद्रोहका कथा, पात्र र प्रबृति, नायक र खलनायक र सभ्यता विकासमा बर्दिया र थारू आदिवासी भूमिकाको चाख राखेर एउटा अध्येयतालाई निम्ता गर्ने, नेतृत्वसँग सहज वातावरण मिलाउने नेकपा माओवादी केन्द्र बर्दियाको नेतृत्वलाइ धन्यवाद । हामीले जानेबुझेका,अध्ययन गरेका विषयले हरेक पार्टीका नेतृत्वलाइ सम्बृद्द गराउन आवस्यक पर्छ । यही बेलभार हो, २०५५ को वैशाखमा भुमेश्वर कणेलको प्रमुख आथीथ्यमा भएको खुला किसान आमसभा, प्रहरी हस्तक्षेप,गोली प्रहार, पानी परेको मौसम, कतर्नियासम्म निक्लन परेको समस्या, बिबिसी संवाददाता सरद केसीसँगको सहयात्रा झलझल्ती याद आए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *