बागमती प्रदेश

‘हाम्रो नगरपालिका राम्रो नगरपालिका’ बनाउने अभियानको पहिलो खुड्किलो सरसफाईँ हाे : मेयर खत्री

भक्तपुर। चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले ‘हाम्रो नगरपालिका राम्रो नगरपालिका’ बनाउने अभियानको पहिलो खुड्किलो सरसफाई भएको बताएका छन । नगरस्तरिय समावेशी सरसफाई योजना अन्र्तगत छनौट भएका गणकहरुलाई अभिमुखिकरण तालिमको उद्घाटन कार्यक्रममा नगर प्रमुख खत्रीले नागरिकको स्वास्थ्य र नगरपालिकाको शानसँग जोडिएको विषय सरसफाई भएकाले यसलाई प्रभावकारी बनाउने बताएका हुन ।


नगर प्रमुख खत्रीले गणकहरुलाई भने– सही तथ्यांक लिनुहोस, तपाईहरुले लिएको तथ्यांकले नगरभित्रको वास्तविक तस्वीर आओस,जसले नगरको सरसफाईको दीर्घकालीन मार्ग खुलोस । तथ्यांक संकलनका क्रममा केही समस्या आइपरे जनप्रतिनिधिहरुलाई भन्नुहोस, तपाइहरुलाई जनप्रतिनिधबाट पूर्ण साथ रहन्छ । उनले गणकहरुलाई नगरबासीका गुनास समेत बुझेर बुँदागत रुपमा आफूलाई उपलब्ध गराउन आग्रह गरे । स्थानीय तहका जनप्रतिनिधिहरुले जनताले अनुभूतिहुने गरी काम गर्नु पर्ने बताए ।

अभिमुखी कार्यक्रममा वडा नम्बर ८ का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता जनक खत्री, ५०० बी सोलुसनका निर्देशक मिङ्मा शेर्पा, नगरपालिकाका खानेपानी तथा सरसफाई शाखका प्रमुख सुरेन्द्र लामिछाने लगायतको उपस्थिति थियो ।

नगरस्तरीय समाबेशी सरसफाई योजना निर्माणका लागि चाँगुनारायण नगरपालिका र ५०० बी सोलुसन बीच समझदारी पत्रमा हस्ताक्षर भए अनुरुप तथ्यांक संकनल कार्य अघि बढेको हो ।

नगर शौन्दर्यता प्रमुख चुनौति बनेका बेला नगरस्तरीय समावेशी सरसफाइ (सीडब्लुआइएस) योजनाले सक्षम वातावरण बनाउनमा केन्द्रित हुँदा अनसाइट होस् वा ढल, र केन्द्रीकृत वा विकेन्द्रीकृत, स्थानीय रूपमा अनुकूलित समाधानहरूको विस्तृत दायरालाई प्रवद्र्धन गरी सुरक्षित रूपमा व्यवस्थित सरसफाइ सुनिश्चित गर्ने लक्ष्य लिएको छ ।


नेपालमा नगर क्षेत्रमा नगरस्तरीय समाबेशी सरसफाईको कार्यान्वयनलाई प्रोत्साहन गर्न खानेपानी मन्त्रालयले हालै विकसित गरेको सीडब्लुआइएस योजना मार्गदर्शन (सीडब्लुआइएस पी)लाई परिचालन गर्न ५०० बी सोलुसन्स र इडब्लुएजी संयुक्त रुपमा सामेल भइरहेका छन् ।


जसमा चाँगुनारायण नगरपालिकाका लागि CWIS–P र Sani Choice को प्रमाणीकरण सहित, सूचित सरसफाइ प्रणाली र प्रविधि छनोटको लागि वेब–आधारित खुला स्रोत उपकरण सहितको सीडब्लुआइएस योजनाको विकासमा विशेष ध्यान दिएर सीडब्लुआइएस पीलाई व्यवहारमा लागू गर्नु हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *