कला/साहित्य

श्रीराम श्रेष्ठका सिजाे

१,
रातमा निद्रा लाग्दा रित्तो कोठा चिसो अति

सकिनँ तताउन एक्लै एक्लै भएपछि
मरेर बाँच्नुको अर्थ अर्थ्याउने कसरी ?
२,
रापिलो दिनलाई आत्मसात गरिदिएँ
कठोर जीवनमा गर्मीलाई पचाउन
पसिना शरीरभरि गन्धै गन्ध निकाल्दै ।
३,
गर्मीलो सल्लाघारी अग्लो रुखैरुख
उकुस मुकुसमा थाकिएको खुट्टै लुलो
थकाई मारेको बेला निदाउँदा भुसुक्कै ।
४,
विस्फोट भएपछि ज्वालामुखी छरिएछ
रिसले लात हान्दा जिब्रो हेर्दैँ निहुरिँदा
सम्झँदै अतीतलाई घोप्टो पर्दै लाजले ।
५,
गर्मीले हपहपी सास फेर्न गाह्रो पाlर्यो
वाफिलो मौसममा जागरले नेटाेकाट्यो
आलस्य घोप्टिएपछि आफै पनि अल्पियो ।
६,
दाङको पूण्यभूमी स्पर्शगर्दा आफै मख्ख
सुन्दर गाउँबस्ती हास्दै हास्दै आत्मीयता
सम्झना बग्दै आउँदा आफैभित्र झझल्को ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *