
काठमाडौं । गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । यसअघि आइतबारबाट बजेटमाथि छलफल गर्न प्रदेशसभा बैठक आह्वान गरिएको थियो ।
तर सरकारको अनुरोधमा अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको गण्डकी प्रदेशसभा सचिवालयले जनाएको छ ।
आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा बजेट विनियोजनको किताबसमेत तयार हुन नसकेका अवस्थामा भोलिको बैठक स्थगित गर्नेमा दलहरूबीच सहमति जुटेको थियो ।