खेलकुद

ताथलीमा बेल्ट प्रमोशन टेष्ट कार्यक्रम सम्पन्न

भक्तपुर।चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीको प्रमुख आतिथ्यतामा नेपाल केनसिनकान कराते संघ ताथली डोजका खेलाडीको बेल्ट प्रमोशन टेष्ट कार्यक्रम सम्पन्न भएको छ । नेपाल केनसिनकान कराते संघ चागुनारायण –९ ताथलीको आयोजनामा बेल्ट प्रमोशन टेष्ट भएको हो ।


खेलकुद क्षेत्रको विकास र दक्ष खेलाडी उत्पादन चाँगुनारायण नगरपालिकाको मुख्य प्राथमिकता हो मेयर खत्रीले भने खेल क्षेत्रको पूर्वाधार विकास र खेलाडीहको बृत्ति बिकासमा नगरपालिकाको भरपुर सथ रहन्छ ।


स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेकुद भन्ने मुल नराका साथ भएको कार्यक्रममा तथली डोजका समितिका पदाधिकारी तथा सदस्यहरु र खेलाडीहरुको उत्साहजनक उपस्थिति थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *