बागमती प्रदेश

नगर परिषदको सम्मुखमा चाँगुनारायणका मेयरले गरे प्रज्ञिक व्यक्तिसँग छलफल

भक्तपुर । चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले प्राज्ञिक व्यक्तिसँग छलफल गरेका छन । नगरपालिकाको समग्र विकास र संमृद्धिका विषयमा केन्द्रित रहेर मेयर खत्रीले प्राज्ञिक व्यक्तिसँग छलफल गरेका हुन ।


नगर परिषदको सम्मुखमा मेयर खत्रीले नीति,नियम योजना तर्जुमा विषयमा केन्द्रित रहेर विभिन्न क्षेत्रका विज्ञहरुसँग छलफल अघि बढाएका छन । विभिन्न क्षेत्रका प्राज्ञिक व्यक्तिहरुसँगको छलफलपछि संमृद्ध र समुन्नत नगरपालिका निर्माणको मार्गचित्र तय गरेर अघि बढ्ने नगर प्रमुख खत्रीको भनाइ छ । विज्ञहरुसँगको छलफल र परामर्शपछि नयाँ नीति तथा कार्यक्रम बनाएर अघि बढने उनले बताए । उनले प्राज्ञिक व्यक्तिहरुसँगको छलफललाई निरन्तरता दिने बताएका छन । नगरपालिकाले स्वेतपत्र जारी गर्न आवस्यक रहेको समेत औल्याए ।


मेयर खत्रीले विभेदरहित ढंगबाट श्रोत साधनको परिचालन गरी नगरको विकास गर्ने बताए । नगरबासीका अपेक्षा धेरै छन । यद्यपी नागरिकका अपेक्षालाई पुरा गर्न कुनै कसर बाँकी राख्दिन नगर प्रमुख खत्रीले भने यसका लागि निश्वार्थ र भेदभावरहीत ढंगबाट काम गर्छु ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *