समाचार

पाैडीमा डुआना लामाको राष्ट्रिय कीर्तिमान 

काठमाडौं । नेपाली युवा पौडीबाज डुआना लामाले ब्रेस्टस्ट्रोकमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । 

हंगेरीको बुडापेष्टमा जारी १९औं फिना विश्व च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरिरहेकी डुआनाले १०० मिटर ब्रेष्टस्ट्रोकमा राष्ट्रिय कीर्तिमान कायम गरेको नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी दिए । 

डुआनाले निर्धारित दूरी १ मिनेट १७.५८ सेकेण्डमा पूरा गर्दै यसअघिको ब्रेष्टस्ट्रोकको १ मिनेट १७.८८ सेकेण्डको कीर्तिमान भङ्ग गरिन् ।  

प्रतियोगितामा नेपालको तर्फबाट डुआनासँगै नासिर हुसैनको सहभागिता थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *