अर्थ

बैतडीमा विधुत सेवा बन्द ,नयाँ सबस्टेशन निमार्णमा ४ दिन समय लाग्ने

काठमाडौं । नेपाल विधुत प्राधिकरण बैतडी विधुत केन्द्रले बैतडी क्षेत्रको विधुत सेवा ४ दिनका लागि बन्द गरेको छ । विधुत प्राधिकरण वितरण केन्द्रले नयाँ सबस्टेसन जडानका लागि उक्त सेवा बन्द गरेको हो ।

केन्द्रका अनुसार आज विहान (सोमबार) ७ बजेदेखि सेवा बन्द गरेर नया सबस्टेसन जडान गर्न प्राविधिक कर्मचारीहरूले काम सुरु गरेका हुन । उक्त विधुत सेवा आगामी विहिवार सम्म बन्द रहेने ब.विधुत प्राधिकरण बैतडी केनद्रले जनाएको छ ।

केन्द्रका अनुसार सबस्टेसन पूरानो भएपछि बेला बेला बती जाने समस्या समाधनका लागि नयाँ सवस्टेशन जडान गर्न लागिएको हो । सवस्टेशन जडानका क्रममा तोकिएको समयभन्दा पहिला काम समपन्न भइएमा विधुत चाँडै नै सञ्चालन गरिने विधुत प्राधिकरण केन्द्र बैतडीले जनाएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *