
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राष्ट्रिय टिमबाट बाहिर राखेका सबै खेलाडीलाई राष्ट्रिय टिममा फिर्ता हुने भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को नवनिर्वाचित कार्यसमितिको बुधबार बसेको पहिलो बैठकले राष्ट्रिय टिमबाहिर राखिएका सबै खेलाडीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
यसअघि मुख्य प्रशिक्षक अल्मुताइरीले बन्द प्रशिक्षण छाडेको आरोपसहित रोहित चन्द, अनन्त तामाङ, अञ्जन विष्ट, विशाल राईसहित १० खेलाडीलाई राष्ट्रिय टोलीबाट निकालेका थिए ।