खेलकुद

एन्फाको महासचिवमा राई नियुक्त

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घको महासचिवमा किरण राई तथा कोषाध्यक्षमा रवीन्द्र जोशी नियुक्त भएका छन् । नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले विदेश विभागको जिम्मेवारी नवीन पाण्डेलाई दिएको छ।

अघिल्लो कार्यसमितिमा पनि विदेश विभाग प्रमुख रहेका पाण्डे, शेर्पासँग असन्तुष्ट रहेर सबैभन्दा पहिला राजीनामा दिने मध्येमा रहेका थिए । महासचिव बनेका राई अघिल्लो कार्यसमितिको प्रवक्ताको जिम्मेवारीमा रहेका थिए। तर, उनी शेर्पासँगको असन्तुष्टिका कारण केही समय अघि राजीनामा दिएर नेम्वाङसँग नजिकिएका थिए।

त्यस्तै बैठकले रवीन्द्र जोशीलाई कोषाध्यक्ष नियुक्त गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *