
काठमाडौं । श्रीलंकाली प्रधानमन्त्री रनिल विक्रमासिंघेले श्रीलंकाली अर्थतन्त्र अब टाट पल्टिएको घोषणा गरेका छन् ।
श्रीलंकाको संसदमा उनले अर्थतन्त्र टाट पल्टिएको घोषणा गरेका हुन् । महिनौंदेखि खाद्यान्न, इन्धन, विद्युत, औषधि इत्यादि संकटबाट गुज्रिरहेको श्रीलंकाले अब आयातित तेल किन्न नसक्ने अवस्थामा पुगेको उनले बताएका छन् ।
श्रीलंका पहिलेको भन्दा निक्कै गम्भीर अवस्थाको सामना गरिरहेको भन्दै उनले यसअघि भोग्दै आएकाभन्दा गम्भीर समस्यामा रहेको समेत बताएका छन् ।