समाचार

कक्षा १ देखि १२ सम्मको शिक्षा निःशुल्क गर्ने बाह्रबिसे नगरपालिकाको घोषणा

बाह्रबिसे । बाह्रबिसे नगरपालिकाले आफ्नो नगरभित्र रहेका सबै सामुदायिक विद्यालयमा कक्षा १ देखि कक्षा १२ सम्मको शिक्षालाई पूर्ण निःशुल्क एवं कक्षा ८ सम्म अध्ययनरत दिवाखाजाको ब्यवस्था गर्ने निर्णय गरेको छ । विहीबार ११ औं नगरसभा बैठकमा नगर प्रमुख बालकृष्ण बस्नेतले नीति तथा कार्यक्रम पेश गर्दै यस्तो घोषणा गरेका हुन् ।

यसका साथै नगरपालिकाले एउटा दमकल खरिद गर्न बजेटको ब्वबस्थासमेत गरेको छ । नगरपालिका एक चिस्यान केन्द्रको लागि पनि बजेट छुट्टाएको छ । कार्यक्रममा प्रमुख अतिथि रहेका नेपाली कांगेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले बाह्रविसे नगरपालिकको ११ औं नगरसभाले गरेको निर्णय सह्राहनीय रहेको बताउँदै यसलाई सहयोग गर्न आफू सदैव तयार रहेको बताए । उनले प्रदेश र संघबाट बजेट ब्यवस्थापन गर्न आफूले पहल गर्ने वाचा समेत गरे ।

नगरपालिकालाई देशकै नमुना बनाउने अभियानमा सबै लाग्नुपर्ने बताए । नगरसभामा उपमेयर मञ्जु तामाङले ३७ करोड ७२ लाख बराबरको बजेट प्रस्तुत गरेकी थिइन् । नगरसभाले नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत रुपमा अनुमोदन गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *