समाचार

पहिलोपटक आविश्कार केन्द्रमा पुगे उद्योगमन्त्री

काठमाडौं । वैज्ञानिक महाविर पुनले स्थापना गरेको राष्ट्रिय आविश्कार केन्द्रमा उद्योगमन्त्री पुगेका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडू आविश्कार केन्द्रमा पुगेका हुन् । चोभारको सुक्खा बन्दरगाह अवलोकन गर्न गएका मन्त्री वडु फर्कंदा सचिब गणेश प्रसाद पाण्डेसहित टीम अचानक आविष्कार केन्द्रमा पुगेका हुन् ।

उनीहरु एक घण्टासम्म बसेर केन्द्रमा भइरहेका कामको अवलोकन गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *