समाचार

भक्तपुरको एक रिसोर्टमा कसरी भइन् २१ वर्षीया महिला बलात्कृत ?

काठमाडौं । भक्तपुरमा २१ वर्षीया महिला बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने २५ वर्षीय मनिष खत्रीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सूर्यविनायक नगरपालिका–९ बासघारीस्थित रुहोसा रिसोर्टमा ती महिलालाई मनिषले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बलात्कार गरेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *