समाचार

अर्जुननरसिंह केसीको अपरेसन सफल

काठमाडौं।नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीको अपरेसन सफलता पूर्वक सकिएको छ । केसीको मुटुमा समस्या देखिएपछि उनी सोमबार राति हेम्स अस्पताल भर्ना भएका थिए ।

केसीको मंगलबार दिउसो अपरेसन भएको र अहिले स्वास्थ्य सामान्य रहेको पारिवार स्रोतले जनाएको छ । स्वास्थ्य सामान्य रहेको हुँदा बुधबारसम्ममा डिस्चार्ज हुने जानकारी दिए ।

उनको अपरेसन हुँदै गर्दा कांग्रेस महामन्त्री गगनकुमार थापा पनि अस्पताल पुगेका थिए । थापा केसीका ज्वाई हुन् । केसी प्रभावसाली राजनीतिज्ञ, पूर्व अधिवक्ता एवं पूर्व प्राध्यापक हुन् ।

केसीले बहुदल स्थापना पश्चात शान्ति समझौता र गणतान्त्रिक नेपालको स्थापनामा मुख्य भूमिका निर्वाह गरेका छन् । उनि कांग्रेसपार्टी भित्र लोकप्रिय, बौद्धिक र प्रखर वक्ताका रुपमा चिनिन्छन् ।

सिंहले नेपाली कांग्रेसको निर्वाचित सह–महामन्त्री देखि पार्टी प्रवक्तासम्मको जिम्मेवारी निर्वाह गरिसकेका छन् त्यस्तै उनी पूर्व शिक्षा, स्वास्थ्य, आवास तथा भौतिक पूर्वाधार र सहरी विकास मन्त्रीपनि हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट