अर्थ

सानिमा जनरल इन्स्योरेन्सको आज साधारणसभा

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको बुधबार विशेष साधारणसभा बस्दै छ । गत जेठ २९ गतेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार बुधबार  विशेषसभा गर्न लागेको हो । 

बिमा कम्पनीहरुमा पुँजी वृद्धिको चटारो चलिरहँदा सानिमा जनरलले पनि मर्जर तथा प्राप्ति प्रक्रियामा जाने संकेत गर्दै विशेष साधारण सभा आह्वान गरेको हो । कम्पनीले मर्जर तथा प्राप्तिसम्बन्धी विशेष प्रस्ताव पारितकै लागि विशेष साधारण सभा बोलाएको छ । 

सभाले आगामी दिनमा मर्जर तथा प्राप्ति प्रकृयामा जाने भएमा सो को जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णयसमेत गर्नेछ । 
 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *