समाचार

भन्सार एजेन्टको अन्तिम नतिजा सार्वजनिक

काठमाडौं । लोकसेवा आयोगले लिएको परीक्षाबाट ६६० जना भन्सार एजेन्टमा छनोट भएका छन् ।

लोकसेवा आयोगले भन्सार एजेन्टका लागि गत वैशाख १७ गते लिखित परीक्षा लिएको थियो । लिखित परीक्षाबाट अन्तवार्ताका लागि ८ सय ६० जना छनोट भएका थिए ।

असार ५ गतेदेखि असार १३ गतेसम्म अन्तर्वार्ता भएकोमा ८५७ जना उम्मेदवारहरुमध्येबाट ६६० नयाँ भन्सार एजेन्टको इजाजत पाएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *