
काठमाडौं । भारी वर्षाका कारण नदीको सतह बढेपछि भारतले धार्चुलाको धौलीगंगाको बाँध खोल्ने भएको छ ।
जिल्ला प्रशासन कार्यालय दाचूृलाका अनुसार बिहिबार विहान ५ बजे देखि भारतस्थित तपोवन,धारचुलाको धौलीगंगा जलविद्युत परियोजनाको बाँधको ढोका खोलिने भएको हो ।
महाकाली नदीमा समेत पानीको बहाब बढ्ने पूर्वानुमान रहेको र धौलीगंगाको बाँध समेत खोलिने भएको कारण सतर्क रहन प्रशासन कार्यालयले आग्रह गरेको छ ।
