
काठमाडौं । बुटवलमा जंगली च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी परेका छन् ।
बुटवलको नयाँ गाउँमा जंगली च्याउ खाँदा ६ जना बिरामी भएको प्रहरीले जनाएको छ ।
नजिकैको जंगलबाट च्याउ ल्याएर खाएका २८ वर्षीया रिना विक, २८ वर्षीया कमला विक, ८ वर्षकी सुप्रिया विक, ३८ वर्षीय विष्णु विक र ३३ वर्षीया दुर्गा विक र ५० वर्षीय हुमबहादुर विक बिरामी परेको प्रहरीले जनाएको छ ।