
काठमाडौं । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइराला समुहका नेताहरुको बैठकले सभापति शेरबहादुर देउवालाई रचनात्मक दबाब दिने निष्कर्ष निकालेको छ ।
आज बसेको कोइराला समुहका नेताहरूको बैठकमा देउवालाई रचनात्मक दवाव दिने निष्कर्ष निकालेको हो । नेता डाक्टर चन्द्र भण्डारीका अनुसार बैठकमा समसामयिक राजनीति, गठबन्धन लगाएतका विषयमा छलफल भएको छ ।
बैठक शुक्रबार २ बजे फेरी बस्ने भण्डारीले जानकारी दिए ।