समाचार

काभ्रेमा बस दुर्घटना, एकको मृत्यु

काठमाडौं । काभ्रेको बनेपामा अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ४३ जना घाइते भएका छन् । बनेपा–१० स्थित अपांग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रका कर्मचारी बोकेको बा १ ज ५७४७ नम्बरको बस दुर्घटना भएको हो ।

कर्मचारी बोकेर निस्केको अस्पतालको बस मोटरसाइकललाई साइड दिने क्रममा भासिएर दुर्घटना भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *