समाचार

प्रकृतिबाट जम्मा भएको पानी प्रयोग गर्दा तिर्नु पर्दैन पैसा

काठमाडौं । काठमाडौं महानगरपालिका–१५ घरमा नरेन्द्र डंगोलले मन्टेसरी स्कुल सञ्चालन गर्दै आएका छन् । उनले पहिला आफुँलाई आवश्यक पर्ने दैनिक १२०० लिटर पानी ट्याकरबाट किन्दा कम्तीमा एक लाख सम्मको पानी खरिद गर्ने गरेका थिए । तर वर्षायाम शूरु भएसंगै उनको दैनिक रुपमा पानी खरिद गर्दा बढेको खर्च न्युनीकरणका लागि आकाशबाट परेको पानी जम्मा गरेर उक्त ठूलो रकम बचाउँदै आइरहेका छन् ।

उनले भने,‘ प्रकृतिबाट उपलब्ध हुने पानी जम्मा गर्नका लागि धेरै कठिन हुँदैन । पैसा पनि जोगिन सक्छ र अनाआवश्यक रुपमा खेर गएको वर्षाको पानीको सदुपयोग पनि राम्रोसंग हुन्छ ।

उनले पानीको महशुल पनि तिर्न नपर्ने र धारा निर्माणमा पनि प्राविधिक स्टामेट नचाहिने भएकाले पनि उनले यस्तो नयाँ विधि अपनाएका हुन । उनले आफ्नो घरमा आकाशबाट परेर जम्मा भएको पानी पाइपको सहायताले जम्मा गर्ने गरेका छन् । त्यतीमात्र नभएर घरको तलतिर जमेको पानी जम्मा गर्नका लागि ग्राउन्डमा खाडल खनेर जम्मा गर्दै आएको उनको भनाइ छ । उनले खाडलमा जम्मा भएकोे पानी शुद्धिकरणको उपाय अपनाएर प्रयोग गर्दै आएका छन् ।

उनले विगत १२ वर्षदेखि आकाशे पानी जम्मा गर्दैआइरहेका उनी बताउँछन् ।

अहिले काठमाडौं उपत्यका खानेपानी व्यावस्थापन बोर्डले विभिन्न ठाँउमा गरी १४ ठाँउमा आकाशे पानी संकलन तथा प्रसोधनको काम थालिसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *