शिक्षा / स्वास्थ्य

विश्विद्यालय अनुसन्धान आयोगको सहयोगमा रोबोट तालिम सम्पन्न

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज भक्तपुरमा विश्वविद्यालय अनुसन्धान आयोगको सहयोगमा रोबोट निर्माण सम्बन्धि सफ्टवेयरको तालिम शुक्रबार सम्पन्न भयो । पाँचदिने सो कार्यक्रम यही असार १३ गतेदेखि १७ गतेसम्म सम्पन्न भएको थियो ।

पाँच दिनको सो तालिम विश्वविद्यालय अनुदान आयोगको सहयोगमा आयोगको क्षमतावृद्धी कार्यक्रम अन्तर्गत तालिम तथा विकास शीर्षक अन्तर्गत भएको हो । ३२ जना सहभागी रहेको यस तालिममा सिभील, सिभील एण्ड रुरल, कम्प्यूटर, इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स विधाका शिक्षक तथा नेपाल इन्जिनियरिङ कलजको रोबोटिक्स क्लबका केही विद्यार्थीको सहभागिता रहेको थियो ।

समापनमा मेकानिकल इन्जिनियर उपप्राध्यापक विभु शर्माले सोलिडवर्क्स नामक सफ्टवेयरमा रोबोटिक्स आर्म (रोबोटको हात ) निर्माण गरी चलाउन सिकाएर यस कार्यक्रमको उद्देश्य पूरा भएको जानकारी गराए । कार्यक्रमका प्रमुख प्रशिक्षक उप प्राध्यापक निश्वान ढकालले यो कार्यक्रम एउटा सहजीकरणको माध्यम मात्र भएको र यसमा निपुणता ल्याउन निरन्तरको प्रयास चाहिने कुरा व्यक्त गरे । कार्यक्रमका सहभागी सुवर्ण खड्काले यस कार्यक्रमले रोबोटिक्सको क्षेत्रमा नयाँ आयामले लाग्ने प्रेरणा मिलेको बताए ।

कार्यक्रमा प्रशिक्षक डा। अरुण सत्यालले रोबोट डिजाइन र मेसिन संयन्त्रको अनुकरण गर्नको लागि सोलिड वर्क्स भन्ने सफ्ट्वेयर सहायक देखिएको बताए । मेसिन संयन्त्रहरुको डिजाइन र अनुकरण गर्न सो सफ्ट्वेयर हामीले चलाइआएका सफ्टवेयरहरु भन्दा सहज रहेको र सोहीलाई तालिमको मुख्य केन्द्रबिन्दु राखिएको उनको भनाइ रहेको छ । सहभागी उप प्रा। विजय श्रेष्ठले यस्ता कार्यक्रमहरु भइराखे अन्तर विभागीय अनुसन्धानहरु गर्न पनि बाटो खुल्दै जाने विचार व्यक्त गरे । शैक्षिक उत्थानका लागि नेपाल इन्जिनियरिङ कलेजको यी गतिविधिहरु उत्साहवर्द्धक रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *