समाचार

राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा दुई मुलुकका लागि नेपाली राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र मेक्सिको र बहराइनका लागि नेपाली राजदूत नियुक्त गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा आज संयुक्त राज्य अमेरिकाका लागि आवासीय राजदूत प्रा श्रीधर खत्रीलाई गणतन्त्र मेक्सिकोको गैह्रआवासीय र तीर्थराज वाग्लेलाई बहराइनका लागि आवासीय नेपाली राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *