विश्व

रुसी क्षेप्याष्त्र हमलामा १९ जनाको मृत्यु

काठमाडौं । युक्रेनको दक्षिणी ओडेसा क्षेत्रमा रुसी क्षेप्यास्त्र आक्रमणमा परी एक बालकसहित कम्तीमा १९ जनाको मृत्यु भएको छ ।

युक्रेनी अधिकारीलाई उद्धृत गर्दै वीवीसीले लेखेको समाचार अनुसार रुसी क्षेप्याष्त्र आक्रमणमा परेर युक्रेनको सेर्हियेभ्का गाउँस्थित नौ तले भवनमा रहेकाहरुको मृत्यु भएको हो । छुट्टी मनाउन जानेहरूले प्रयोग गर्ने एउटा रिसोर्टमा भएको अर्को छुट्टै हमलामा एक बालकसहित कम्तीमा दुई जनाको मृत्यु भएको छ।

रुसी विदेश मन्त्रालयका प्रवक्ता दिमित्री पेस्कोभले भने रुसले सर्वसाधारणहरू लक्षित हमलाहरू नगरेको दाबी गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *