समाचार

आफ्नै छोराछोरीबाहेकका नाबालक विदेश जाँदा साथमा लैजान कडाई

काठमाडौं । आफ्नै छोराछोरीबाहेकका नाबालकलाई विदेश लैजान कडाई गरिने भएको छ ।

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले सूचना जारी गर्दै बालबालिकाको कुनै आधिकारिक संरक्षकत्वबीना विदेश लैजाने संवेदनशील भएको भन्दै आफ्नो सन्तान बाहेक अरु कसैका नाबालक छोरा÷छोरी साथमा लिएर विदेश जाँदा तोकिएको प्रक्रिया पूरा गर्न अनुरोध गरेको हो ।

छोराछारीबाहेकका नाबालकलाई विदेश लैजाँदा नाबालकको अभिभावक÷संरक्षक÷संघ संस्थाले नाबालक स्थायी ठेगाना भएको सम्बन्धित स्थानीय तहको वडा कार्यालयमा मन्जुरीनामा दिइएको व्यक्ति र नाबालकको विवरण खोली विवरण दिनु पर्ने भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *