रिबन

बाग्मती प्रदेश सरकार परिवर्तन हुने संकेत, मुख्यमन्त्रीले बोलाए बैठक

काठमाडौं । बाग्मती प्रदेश सरकार परिवर्तनका लागि सरकारमै रहेका नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले तयारी शुरु गरेका बेला नेकपा एकीकृत समाजवादीको संसदीय वोर्डको बैठक आह्वान गरिएको छ ।

सरकारको नेतृत्व गरिरहेको नेकपा एकीकृत समाजवादीले शनिबारका लागि संसदीय दलको बैठक बोलाएको हो । सरकार परिवर्तन गर्ने कांग्रेस र माओवादीको तयारीका विषयमा छलफल गर्न काठमाडौं आएका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुसँग भेटवार्ता गरेपछि वोर्डको बैठक बोलाएका हुन् ।

शनिबार बस्ने वोर्ड बैठकले सरकारको नेतृत्व परिवर्तन गर्ने विषयमा आवश्यक निर्णय गर्ने बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *