मुख्य समाचार

महानगरले गरिखाने गाडा र मकै जफत गरेका आचार्य दम्पत्तिलाई पूर्वमन्त्री बस्नेतले गरे ५१ हजार नगद सहयाेग

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सूचना तथा सञ्चार पूर्वमन्त्री मोहन बहादुर बस्नेतले मकै पोलेर जिविकोपार्जन गर्दै आएका चन्द्रनाथ आचार्य दम्पत्तिलाई ५१ हजार आर्थिक सहयोग गरेका छन ।

काठमाडौं महानगरपालिकाले आचार्य दम्पतिको गाडा जफत गरेपछि मनकारी पूर्वमन्त्री जिवनयापनका लागि ५१ हजार आर्थिक सहयोग गरेका हुन । जनताको सुख दुःखमा सारथी बन्दै आएका नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री बस्नेतले आचार्य दम्पतिलाई भटेर नगद हस्तान्तरण गरेका हुन । उनीहरुको जिविकोपार्जन र बालबच्चाको शिक्षादिक्षाका लागि पूर्वमन्त्री बस्नेतले नगद सहयोग गरेका हुन ।

काठमाडौंको सडकपेटीमा ठेलामा मकै पोलर जिविकोपार्जन गर्दै आएका मेलम्ची नगरपालिका १० आचार्य दम्पतिलाई गत शुक्रबार नगर प्रहरीले लाछापछार गर्दै गाँडा जफत गरेको थियो । आचार्य दम्पत्ति १४ वर्षदेखि सडक किनारमा मकै पोल्ने र मौसमअनुसारको फलफूल बेच्दै आएका थिए । आचार्य दम्पत्तिलाई लछारपछार पार्दै बालुवाटारको पवित्र वर्कसप चोकबाट नगर प्रहरीले उनीहरुको गाडा र मकै जफत गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *