
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र नयाँ दल बनाएका वामदेव गौतमसहित माओवादी नेता नारायणकाजी श्रेष्ठका बीच भेटवार्ता भएको छ ।
भेटवार्ताका क्रममा वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन र नेपाली कांग्रेसँगको गठबन्धनका बारेमा छलफल भएको बताइएको छ ।
आजैबाट शुरु भएको माओवादी केन्द्रको केन्द्रीय कमिटि बैठकमा कांग्रेसँगको गठबन्धनका बारेमा अध्यक्ष प्रचण्डले धारणा राखेका थिए । उनले कांग्रेससँगको सहकार्य लामो समय जान नसक्ने आशयको अभिव्यक्ती दिएका थिए ।
प्रचण्डले बामपन्थीहरुका बिचमा गठबन्धन हुन सक्ने संकेत गरेका प्रचण्डसँगको अन्य कम्युनिष्ट नेताहरुसँगको भेटवार्तालाई चासोका साथ हेरिएको छ ।