समाचार

भारतको हिमाचलमा बस दुर्घटनामा विद्यार्थीसहित १६ जनाको मृत्यु

काठमाडौँ । भारतको हिमाचल प्रदेशको कुल्लु जिल्लामा एउटा स्कुल बस ठूलो सडक दुर्घटनामा परेको छ । दुर्घटनामा १६ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा विद्यार्थीसमेत रहेको र बसमा ४० जना सवार रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

जानकारीका अनुसार कुल्लु जिल्लाको साँजको शैनसरमा एक निजी बस दुर्घटनामा परेको हो । बस जाङ्ला गाउँबाट करिब दुई सय मिटर तल खसेको हो । घाइते हुनेमा बसका चालक र सञ्चालकसहित एक यात्रु रहेका छन् ।

दुर्घटनामा घाइतेलाई नजिकको अस्पतालमा लागिएको र उद्धार कार्य जारी रहेको भारतीय मिडियाहरुले बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *