ताजा समाचार

कौडा खेलिरहेको अवस्थामा १३ जना पक्राउ 

 

काठमाडौं । आँबुखैरेनी गाउँपालिका–३ स्थित राजेन्द्र थकालीको निर्माणधीन घरमा कौडा खेलीरहेको अवस्थामा १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा गोरखा अजिरकोट गाउँपालिका–४ बस्ने ४५ वर्षीय धन बहादुर गुरुङ लगायत छन् । उनीहरुलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८० हजार ४ सय ३० रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।  

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *