समाचार

पहिरोले काठेखोलाका पाँच परिवार विस्थापित

बागलुङ । वर्षासँगै आएको पहिरोका कारण बागलुङको काठेखोला गाउँपालिका-७ रेशका पाँच परिवार विस्थापित भएका छन् । पहिरोले स्थानीय सम्मरबहादुर कार्की, मञ्जु कार्की, उजेली कार्की, प्रेमबहादुर जिसी र लोकबहादुर जिसीको घरमा पूणर्रुपमा क्षति पुर्‍याएको छ ।

स्थानीय लिलाबहादुर कार्कीका अनुसार उनीहरुलाई सुरक्षित स्थानमा सारिएको छ । सो स्थानका अन्य १४ घर पनि पहिराको उच्च जोखिममा रहेका छन् । अहिले स्थानीयको सहयोगमा पहिरो हटाउने कार्य जारी छ ।

काठेखोला गाउँपालिकाको न्यायिक समितिले पीडितलाई राहत वितरणको तयारी गरेको छ । उनीहरुलाई छिमेकीको घरमा आश्रय लिने गरी व्यवस्थापन मिलाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *