रिबन

अर्थसचिव आजबाट विदामा,मन्त्री रहेसम्म नआउने

काठमाणडाै। अर्थ सचिव मधु मरासिन आजबाट विदामा बसेका छन । अर्थमन्त्रालयमा बजेट निर्माणको क्रममा करका दर हेरफेर गरेको भनेर मन्त्री जनार्दन शर्मा र सचिव मरासिनीको विरुद्धमा आवाज उठन थालेपछि उनी आजबाट विदामा वसेका हुन । अर्थमन्त्रालय स्रोतका अनुसार,उनी मन्त्री जनार्दन शर्मा रहुञ्जेल मन्त्रालयमा नफर्कने विचारमा छन । मन्त्रालय वाहिरका मानिसहरुले अनावश्यक हस्तक्षेप गरि बजेट निर्माण गरेको र यसले देशलाइ ठुलो घाटा पुरयाएको भन्दै उनले असहमति राखेका छन । मन्त्रालयमा रहेको सिसिटिभी फुटेज समेत मेटिएको पाइएपछि अर्थमन्त्री शर्मामाथि ठुलो प्रश्न उठेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *