देश

नेपाल प्रहरीका ६ एसएसपीको सरुवा, को कहाँ ?

काठमाडौँ ।नेपाल प्रहरीका ६ जना एसएसपीको सरुवा भएको छ । गृह मन्त्रालयले जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा एसएसपी भरत बोहोरालाई सरुवा गरेको छ । यस्तै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय एसएसपी जनक भट्टराई सरुवा भएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

यस्तै मानव बेचबिखन नियन्त्रण अनुसन्धान ब्युरोमा अनुराग द्विवेदी, लागुऔषध नियन्त्रण ब्युरोमा विकास खनाल, अपराध अनुसन्धान विद्यालयमा विष्णु केसी र लागू औषध नियन्त्रण ब्युरोमा विकास राज खनाल सरुवा भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *