समाचार

मानव बेचबिखन आरोपमा तिनजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

मानव बेचबिखन अनुसन्धान ब्यूरोले ललितपुर चापागाउँका ४८ वर्षीय दौलत रोका, काठमाडौँ कोटेश्वरकी रेवती सुनार र रोल्पा घर भई टोखा बस्ने भरतमणि घर्तीमगरलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

एक महिलालाई कुवेतमा आकर्षक तलब हुने प्रलोभन देखाएर तीन जना मिलेर भारतको नयाँ दिल्ली हुँदै कुवेतमा मानवबेचबिखन गरेको देखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *