
काठमाडौं । जिल्ला प्रशासन कार्यालय अछामको निषेधाज्ञाबीच मंगलसेनमा विरोध प्रदर्शन भएको छ ।
पञ्चदेवल विनायक नगरपालिकामा मृत भेटिएका विनोद शाहीको न्यायका लागी संघर्षरत समूहले विरोध प्रदर्शन गरेको हो ।
विनोदको न्यायका लागि राजनीतिक दल तथा आफन्तहरूले शान्तिपूर्ण आन्दोलन गर्दा प्रहरी प्रशासनले बेवास्ता गरेको भन्दै प्रदर्शन भएको हो ।