समाचार

दार्चुलामा तूइनबाट खसेका व्यक्तीको खोजिकार्य तीव्र बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलामा तुइनबाट भारतबाट नेपाल आउने क्रममा नदीमा खसेर बेपत्ता भएका १८ वर्षीय सचिन बुढाथोकीको खोजीकार्य तीव्र बनाउन निर्देशन दिएका छन् ।

गृहमन्त्री खाणले दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, सशस्त्र प्रहरी बल सुदूरपश्चिम प्रदेश प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक दुर्गाप्रसाद भट्टराई र नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक मोहन आचार्यलाई टेलिफोन गरी बेपत्ता बुढाथोकीको खोजी कार्य तीव्र बनाउन निर्देशन दिएका हुन् ।

बुढाथोकी बुधबार दिउँसो साढे ३ बजे भारीसहित भारतबाट नेपाल आउने क्रममा तुइन चुँडिएर नदीमा खसेको जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *