विचार

सहवास,संभोग र बलत्कार

उनको ईंजार चुडिएको छैन । टाँक छिनेको छैन। कतै नङले कोरेको छैन । बरु केटाको विभिन्न अंङ्गमा उनका लाली ओठका छापहरु छन्। उनका नङ पालिसका टाटाहरु छन् । उनले नै छर्किएको अत्तरको बास्ना केटाका कपडामा बसाउँछ । घटनास्थल केटीकै कोठा,घरबेटीका अनुसार केटो सो कोठामा आउने जाने गरेको धेरै पटक भयो। केटो अहिले नावालिग वलत्कारको मुद्धामा कैद भोगिरहेको छ । केटीले बिहे गर्दै डिभोर्स गर्दै चौथो पतिको साथमा छे ।


केटो खाडीमा थियो ,केटी नेपालमै पढ्दै थिईन । फेसवुकमार्फत भेट भयो । कुराकानी चिनजान सुरु भयो। खर्चवर्च र राम्रो खाले मोवाईल केटीलाई पठाउन थाल्यो। भिडियो च्याटको समय बढ्दै गयो। मनमोहक प्रेमिल संवाद र निर्वस्त्र भिडियो दृश्यहरुले भिसा अवधी नसकिंदै छुट्टी लिएर केटो काठमाण्डौं आयो। आफैले पठाईदिएको पैसाले व्यवस्थापन गरिएको कोठामा बस्यो।केटा केटी अन्तर जाति परेछन्। दुबै जना पोखरा भागेर मन्दिरमा विवहा पनि गरे । केटीका बाआमाले केटी अपहरित भएको रिपोर्ट गरे । पोखरामाको एउटा होटलमा उनीहरु पक्राउ परे । केटी २० वर्ष नपुगेकी रैछन ।जबरजस्ती करणीको मुद्धामा केटो कैदमा छ। उस्को परिवारको साहरा उहीँ केटो मात्र हो।

स्कुल पढ्दा पढ्दै प्रेम भयो। उमेर उस्तै उस्तै हो। १७ कि केटी १८को केटो भागेर शहर पसे । मन्दिरमा विहे गरे। दुबै पक्षका अविभावकले मौन स्वीकृति दिए । केटाले केटी घरमा लिएर आयो। छोरो पनि जन्मियो। छोरो वर्षिको भैसकेको थियो । केटा केटीका बीचमा ठूलै मनमुटाव आयो ।जवर्जस्ती करणीको मुद्धामा केटो जेलमा छ । वच्चो बा–आमोईले हुर्काउंदै छन्।
फेसबुकमा जोडिए बिस्तारै हाई हेलो चल्न थाल्यो । उनीहरुका प्रेमिल वार्तालापहरु संग्रह गरेर प्रकाशन गर्ने हो भने एउटा श्रृङ्गारिक उपन्यास बन्छ । कति कुराकानी त उदाङ्गिएर पनि भए । सात÷दश पटक दिउँसो दिउँसो भेट पनि भयो । रेष्टुरेन्टमा खाजा सँगै खाए । पार्कतिर कसैले नदेख्ने गरि धेरै पटक ओठहरु जोडे । स्पर्षका त कुरै छाड्म । केही महिना यस्तै दिनचर्या चल्यो । एक दिन सहमतिमै केटाको डेरामा रात बिताए । केटो बलत्कार मुद्धामा जेलका छ ।


यस्ता हजारौ घटनाहरु छन्। हजारौ किशोर युवाहरु बलत्कार र जवर्रजस्ती करणी मुद्धामा जेलमा जाकिएका छन्। विवहाको उमेरको बारवन्देजले प्रेम सम्वन्धहरु विवहामा परिणत हुन नपाएर प्रेमिल सम्वन्धहरु र त्यसले निम्त्याएका कृयाकलापहरु आपराधिक गतिविधिमा परिणत हुंदैछन भने सम्बन्ध भङ्ग भएर विक्षिप्त भएका युवा युवतीहरुको संख्या बढ्दो छ। विवहा भन्दा बढी सम्बन्ध विच्छेदका घटनाहरु वढी आउन थालेका छन्।


जसरी बमलीनालीको जाति प्रजाति हुन्छ। त्यसैगरी पशु पन्छी प्राणी र मान्छेहरुको पनि जाति प्रजाति हुन्छ। सठ्या मकै साठी दिन भित्र पाक्छ । अर्कोलाई ४महिना लाग्छ । जर्सी गाईको बाच्छी दुई ÷अढाई वर्ष भित्र माउँ बनिसक्छ । लोकल गाईलाई ४÷५ वर्ष लाग्छ । एउटा अंग्रेज बयष्क हुन १८ वर्ष लाग्छ भन्दैमा नेपाली पनि त्यही अनुपातमा हुर्किन्छ भन्ने ठान्नु कति ठूलो मुर्खता हो । पूर्वीय दर्शनले १६ वर्ष पुगेपछि पुत्रलाई मित्र समानको मान्यता दिनु भन्छ । हचुवाको भरमा अन्तराष्ट्रिय कानूनलाई स्वीकार गरेर जादा यस्ता हजारौं विकृति र विसंगती सामना गर्नु पर्ने हुन्छ ।


पाँच तारे होटलहरुमा हुईस्की पिउने मैसावहरुको वंशीकरणमा परेर ,विना बाउका छोराछोरी पाउन मिल्ने कानुन नवनाऊ । विवहाको उमेर १८ बनाउ । सहवास,सम्भोग र वलत्कार प्रायवाची हैनन् । आकश जमिनको फरक छ ।


जब नेपाली समाज र यसको चरित्र नवुझेका मानिसहरु सत्तामा पुग्छन तब यस्ता विसंगतिपूर्ण ,अप्राकृतिक कानुनहरुको निर्माण हुन्छ र समाजको स्वभाविक गतिमा प्रश्न चिन्ह खडा भै अनावश्यक अस्तव्यस्थता पैदा हुने गर्छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *