समाचार

कांग्रेसले सोध्यो बेलकोटगढीका सभापति मुडभरीलाई स्पष्टिकरण

काठमाडौं । नुवाकोट कांग्रेसले बेलकोटगढी नगर कार्यसमितिका सभापति लेखनाथ मुडभरीलाई स्पष्टिकरण सोधेको छ । सामाजिक सञ्जालमा जिल्ला तहदेखि केन्द्र तहसम्मका नेतालाई स्थानीय तह निर्वाचनको टिकट वितरणमा आर्थिक लेनदेनको लाञ्छना लगाएका मुडभरीलाई नुवाकोट कांग्रेसले स्पष्टिकरण सोधेको हो ।


नुवाकोट कांग्रेसका सचिव एवं अनुशासन समितिका संयोजक श्रीराम श्रेष्ठले विधान २०१७ (संसोधन सहित) को परिच्छेद ९ धारा ३४ उपधारा १ को (क) बमोजिम नेपाली काँग्रेस पार्टीको आदर्श, सिद्धान्त र नीति विपरित हुने गरी अनुशासन उल्लघन भएकोले आफूमाथि लागेको आरोप बारे सप्रमाण खण्डन गरी चार दिन भित्र अनुशासन समितिमा स्पष्टीकरण पेश गर्न मुडभरीलाई लिखित निर्देशन दिएका छन ।


मुडभरीले नेताहरुलाई लाञ्छना लगाई लेखेको फेसबुक स्ट्याटस


नयाँ पुस्ता किन स्वतन्त्रको नाममा सल्बलाइरहेको छ ? फर्केर हेरू लामो समयसम्म एउटै मान्छे पाटिमा सभासद, सभापति अध्यक्ष वा प्रधानमन्त्री लगानी सबैले गरेको छ एकचोटि भए पछि पालो दिनु पर्दैन ? नयाँ काम केही छैन लाज लाग्दैन साउनको दोस्रो सातासम्म मल छैन ! एमालेले गरेको भष्टाचार खोइ छानबिन गरेकाे ? नागरिकता बिधेयकमा छल गरेको ? स्थानीय निकायको निर्वाचनमा जिल्लार केन्द्रीय स्तरमा नाम चलेका नेताहरुले करोडौंमा टिकट बेचेको छोटे राजाहरुको माला, खादा, मोटर कार्यक्रम कार्यलयमा नगरि होटेलमा करोडको बिल उठाएर सस्थागत भष्टाचार गरेको, जनतालाइ बाच्न मुस्किल हुनेगरि भएको मुल्य बृद्धि तिर ध्यान दिनु छैन यहि हो गणतन्त्र बेलैमा चेतना भया !!!!
बोधार्थः नेपाली काँग्रेस, जिल्ला कार्यसमिति, नुवाकोट । नेपाली काँग्रेस, बागमति प्रदेश, हेटौंडा, मकवानपुर ।

यस्तो छ, अनुशासन समितिमाका संयोजक श्रेष्ठले मुडभरीलाई स्पष्टीकरण पेश गर्न दिएको लिखित निर्देशनको व्यहोरा

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *