समाचार

खिर्सिने अधिकारी खत्री सेवा समाजको आठौं साधारण सभा सम्पन्न

काठमाडौं।खर्सिने अधिकारी खत्री सेवा समाजको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार अनामनगर स्थित सामुदायिक प्रहरीको सभाहलमा समाजका अध्यक्ष राजेन्द्र बहादुर केसीको अध्यक्षतामा भएको साधारण सभाले १३ सदस्य कार्यसमिति पुर्नगठन गरेको छ ।


साधारण सभाले समाजको अध्यक्षमा पुनः राजेन्द्र बहादुर केसीलाई सर्वसम्मत चयन गरेको छ । पुर्नगठित समितिको उपाध्यक्षमा रामकृष्ण अधिकारी, महासचिवमा वीरेन्द्र खत्री, सचिवमा केदार खत्री, कोषाध्यक्षमा माला अधिकारी खत्री सर्वसम्मत चयन भएका छन ।


सदस्यमा विनोद खत्री,चन्द्र बहादुर खत्री, सूर्य खत्री,यादव खत्री,देवेन्द्र खत्री,लक्ष्मी खत्री, विनोद खत्री र सरिता खत्री सर्वसम्मत चयन भएका छन ।


समाजले अरूण गाँउपालिका अध्यक्ष शालिकराम खत्री,डेमोक्रेटिक लयर्स एशोशिएशनका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता योगेन्द्र बहादुर अधिकारी, हालै नेपाल सरकारको उपसचिवमा पदोन्नति हुनु भएकी सर्मिला खत्री र अमेरिककोबाट फिजिक्समा विद्यावरिधिको उपाधि लिएका डा.शिशिर अधिकारीलाई सम्मान गरेको थियो ।


यसै गरी समाजले ७५ वर्षभन्दा माथिका जेष्ठ सदस्यलाई दोसल्ला र माला लगाएर सम्मान गरेको थियो । समाजका अध्यक्ष तथा जेष्ठ अभिभावक राजेन्द्र बहादुर केसी, उहाँकी धर्मपत्नी अम्बिका खत्री,गंगामाय खत्री,डम्बर कुमारी खत्री र खड्गमायाँ खत्रीलाई सम्मान गरिएको थियो ।

एसईई र १२ कक्षामा ए प्लस ल्याउने विद्यार्थीहरू रचना अधिकारी खत्री,भरत खत्री र समिक्षा अधिकारी खत्रीलाई समाजले सम्मान गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *